०४ साउन २०८३, सोमबार

सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

साउन २३, २०८१
पाल्पा
सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
फाइल फोटो

पाल्पाको गेझा स्वास्थ्य चौकीले सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ ।

रामपुर नगरपालिका–१० स्थित स्वास्थ्य चौकीमा आउने गर्भवतीले सो सेवा पाउनेछन् ।

घरबाट अस्पतालसम्म र अस्पतालबाट घरसम्म सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा दिइने स्वास्थ्यकर्मी जगन्नाथ भण्डारीले बताए ।

चालू आर्थिक वर्षदेखि यस्तो व्यवस्था भएको हो । सुत्केरीलाई तीस वटा अण्डा पनि दिइने स्वास्थ्य चौकीले जनाएको छ । 

यातायातको अभाव तथा आर्थिक समस्याले गर्भवतीलाई स्वास्थ्य संस्थामा पुग्न कठिन नहोस् भन्ने उद्देश्यले स्वास्थ्य चौकीलाई एम्बुलेन्स उपलब्ध गराएको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्