
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले टीआरसीमा भएको सहमति नयाँ सरकार गठनपछिको राम्रो काम भएको बताएका छन् ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) कार्यदलको प्रतिवेदन बुझ्दै उनले यस्तो बताएका हुन् ।
'म कार्यदललाई विशेष धन्यवाद भन्न चाहन्छु । लामो समयदेखि छलफलमा रहेको सहमतिको नजिक पुगेर पनि निष्कर्ष दिन कठिन भएको थियो,' उनले भने ।
कार्यदलले विवादित विषयलाई पीडितमैत्री बनाउँदै निष्कर्षमा पुर्याएकोमा उनले धन्यवाद दिए ।
'यो राजनीतिक नेतृत्वका लागि मात्रै होइन, शान्ति स्थिरताको पक्षमा रहेका नागरिकको लागि खुशीको कुरा हो । नयाँ सरकार गठन भएपछिको यसलाई एउटा राम्रो काम भन्ने ठान्छु र सरकारलाई पनि धन्यवाद भन्न चाहन्छु,’ प्रतिवेदन बुझ्दै उनले भने ।