१० साउन २०८३, आइतबार

बंगलादेशको विकसित राजनीतिक घटनाक्रमबारे बोल्यो नेपाल सरकार

साउन २३, २०८१
काठमाडौं
बंगलादेशको विकसित राजनीतिक घटनाक्रमबारे बोल्यो नेपाल सरकार

नेपाल सरकारले बङ्गलादेशको पछिल्लो विकसित राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ । 

परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा बंगलादेशमा विगत केही हप्तादेखि जारी विरोध प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति नेपाल सरकार अत्यन्त चिन्तित रहेको उल्लेख गरिएको छ । 

‘हामी ज्यान गुमाउनेका परिवारजनप्रति हार्दिक समवेदना र समवेदना प्रकट गर्दछौँ र घाइतेसबैको शीघ्र र पूर्ण स्वास्थ्यलाभको कामना गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ । 

नेपाल सरकारले सबै पक्षलाई शान्त र संयमित हुन आह्वान गर्दै लोकतान्त्रिक प्रक्रियामा व्यवस्थित पुनरागमनको महत्वमा जोड दिएको छ ।  बङ्गलादेशका जनता देशलाई शान्ति र स्थिरतातर्फ लैजान सक्षम रहेको नेपाल सरकारको विश्वास छ । 

salt training

कमेन्ट गर्नुहोस्