२० असार २०८३, शनिबार

वाम गठवन्धनलाई उम्मेदवार टुंग्याउन सकस, बिहानदेखिको बैठक अझै सकिएन

कात्तिक २०, २०७४
वाम गठवन्धनलाई उम्मेदवार टुंग्याउन सकस, बिहानदेखिको बैठक अझै सकिएन

काठमाडौँ, ११ कात्तिक– आसन्न निर्वाचनका सन्दर्भमा बाँकी जिल्लाको क्षेत्र बाँडफाँड र घोषणापत्रलाई अन्तिमरुप दिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धनको शीर्ष नेताको संयुक्त बैठक जारी छ ।

एमालेका उपाध्यक्ष वामदेव गौतमको निवास भैँसेपाटीमा जारी बैठकमा दोस्रो चरणमा ४५ जिल्लामा हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि आपसी सिट बाँडफाँडलाई टुंगो लगाउने तयारी भएको छ ।

एमालेका सचिव पृथ्वी सुब्बा गुरुङका अनुसार दुई दलका शीर्ष नेता सम्मिलित एकता संयोजन समितिको बैठकले सिट टुंगो लगाएपछि एमालेको स्थायी कमिटीले उम्मेदवारको चयनबारे निर्णय गर्नेछ ।

एमालेलाई ६० र माओवादी केन्द्रलाई ४० प्रतिशतका आधारमा सिट बाँडफाँड गर्न एमाले महासचिव ईश्वर पोखरलको संयोजकत्वमा रहेको कार्यदलले शीर्ष नेतालाई आफ्नो प्रतिवेदन दिइसकेको छ । बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओली र केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेता सहभागी छन् ।

गठबन्धनले संयुक्त घोषणापत्रलाई पनि चाँडै टुंगो लगाउने बुझिएको छ । दुई दलबीच गत असोज १७ मा पार्टी एकता र चुनावी तालमेल गर्ने घोषणा भएको थियो । ओली र प्रचण्डले देशभर संयुक्त निर्वाचन परिचालन कमिटी र पार्टी एकता संयोजनसम्बन्धी भेला गरी संयन्त्र गठन गर्न शुक्रबार अन्तरपार्टी निर्देशन दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्