२२ असार २०८३, सोमबार

कर्णालीमा आज सार्वजनिक बिदा

साउन २५, २०८१
काठमाडौं
कर्णालीमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा छ । 

नागपञ्चमीका अवसरमा प्रदेश सकरारले आज सार्वजनिक बिदा दिएको हो । ​

‘साउन २५ गते शुक्रवार नागपञ्चमी ( श्रावण शुक्ल पञ्चमी)को अवसरमा कर्णाली प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको छ,’ मन्त्रालयले बिहीवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ ।
 

null

salt training

कमेन्ट गर्नुहोस्