सुनकोसी नदीमा जलसतह सतर्कता तहनजिक पुगेको छ । पचुवारघाट र खुर्कोट जलमापन केन्द्रमा जलसतह सतर्कता तह नजिक रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
बाढी अझै बढ्ने क्रममा रहेको महाशाखाले जनाएको छ ।
सुनकोसी नदीको तटीय क्षेत्रमा रहनेहरूले दिउँसोसम्म उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।