×

लागुऔषधसहित ७ जना पक्राउ

विराटनगर | साउन २५, २०८१

फाइल फोटो

झापा, मोरङ, सुनसरी र इलामबाट लागुऔषधसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार दिउँसो झापाको दमक ३ स्थितमा प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरी टोलीले स्थानीय १९ वर्षीय लोकेन्द्र धिमाल र मोरङ उर्लाबारी-१ का २३ वर्षीय पवन नेपालीलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट २ सय ३० ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ ।


Advertisment

त्यसैगरी मोरङको विराटनगर-१६ दरैयास्थितमा इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले प्र.१-०२-०४३ प २४४७ नम्बरको मोटरेसाइकलमा सवार मोरङ बेलबारीका ४० वर्षीय सुरज गुरुङ र ४१ वर्षीय डिमकमल राईलाई नियन्त्रणमा लिएको हो ।


Advertisment

प्रहरीले उनीहरूको साथबाट १ ग्राम २० मिलिग्राम ब्राउन सुगर र १५ पिस ट्याब्लेट बरामद गरेको छ ।

Laxmi Bank

यसैगरी सुनसरीको इलाका प्रहरी कार्यालय देवानगन्जले देवानगन्ज गाउँपालिका-२ बाट शिवकुमार मेहतालाई ५ किलोग्राम ६९० ग्राम गाँजासहित पक्राउ गरेको छ ।

प्रहरी चौकी फिक्कलले सूर्योदय नगरपालिका-९ की २१ वर्षीया आनिशा राईलाई ५ सय ७० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।

यसैगरी इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको टोलीले माइजोगमाई गाउँपालिका-२ का २५ वर्षीय समिर महतलाई ९ सय ७० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।

पक्राउ परेकाहरूको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

जेठ १३, २०८१

जिल्ला प्रहरी परिसर ललितपुरको महिला सेलमा सानेपाकी विपना तामाङ (नाम परिवर्तन) उजुरी लिएर पुगिन् । श्रीमान ९ दिन भयो घर आएका छैनन्, तर फोन सम्पर्कमा छन् ।  एक महिनाअघि सेलमा निवेदन लिएर पुगेकी विपनाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

जेठ १०, २०८१

मुगु– मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा सोही विमानस्थलमा कार्यरत एक कर्मचारी घाइते भएका छन् । यात्रु बोकेर बाँकेको नेपालगञ्जका लागि उड्ने तयारीमा रहेको सीता एयरको टुइनेटर जहाजको अघिल्लो भ...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

धर्म पनि रगतसँग साटिने वस्तु हो र ?

धर्म पनि रगतसँग साटिने वस्तु हो र ?

भदौ २२, २०८१

एक सज्जन विद्या प्रचारका लागि हिँडे । केही पर पुगेपछि खाना पकाउन लागेका थिए हातै पोले । त्यसपछि नजिकै चौरमा चुलढुङ्गो लगाए भाँडो बसाए । अर्का एक सज्जनले सोधे– ‘के हो यो ?’ उत्तर आयो&ndash...

झाँक्री टीमको निष्कर्ष- विद्रोहको विकल्प छैन, अब बाटो बदलौं

झाँक्री टीमको निष्कर्ष- विद्रोहको विकल्प छैन, अब बाटो बदलौं

भदौ १९, २०८१

२०७८ भदौ ३१ गते काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासमा किसान श्रेष्ठले नेता र सांसदहरूलाई दहीचिउरा र तरकारीसहित खाजा खुवाएका थिए । त्यहीबाट नेकपा (एमाले) वैधानिक रूपमा विभाजन गर्ने प्रष्ट खाका कोरिएको थिय...

आर्थिक समृद्धिको मुख्य आधार पर्यटनमा यसरी बढाउन सकिन्छ आकर्षण

आर्थिक समृद्धिको मुख्य आधार पर्यटनमा यसरी बढाउन सकिन्छ आकर्षण

भदौ १६, २०८१

प्राकृतिक एवं सांस्कृतिक सम्पदा र मनोरम सुन्दरताका कारण नेपालको पर्यटन क्षेत्र आर्थिक सम्भावनाले भरिपूर्ण छ । विविधताको प्रकृति, मौलिक सांस्कृतिक तथा पूरातात्त्विक सम्पदा र धार्मिक क्षेत्रको तुलनात्मक लाभ प्रचुर भएकाल...

x