२८ जेठ २०८३, बिहीबार

धादिङ बस दुर्घटनाप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त

कात्तिक २०, २०७४
धादिङ बस दुर्घटनाप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त
bidhya

काठमाडौँ, ११ कात्तिक - राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी–६, घाटबेँसीस्थित त्रिशुली नदीमा आज विहान भएको यात्रु बस दुर्घटनामा परी जीवन गुमाएको घटनाप्रति दुःख व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले मृतकका शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै दुर्घटनामा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको राष्ट्रपतिको कार्यालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

दुर्घटनामा परी बेपत्ता हुनेहरुको छिटो खोजी कार्य गर्नसमेत सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै राष्ट्रपति भण्डारीले उद्धार कार्यमा संलग्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाइटी तथा स्थानीयजनप्रति धन्यवाद व्यक्त गर्नुभएको छ ।

सप्तरीको राजविराजबाट काठमाडौँ आउँदै गरेको ना ६ ख १४६७ नं को यात्रुबस आज बिहान त्रिशूली नदीमा खस्दा ३१ यात्रुको मृत्यु भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्