१० साउन २०८३, आइतबार

कोशी प्रदेशमा अन्तर्राष्ट्रिय चिया सम्मेलनको तयारी

साउन २७, २०८१
विराटनगर
कोशी प्रदेशमा अन्तर्राष्ट्रिय चिया सम्मेलनको तयारी

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी पुसमा अन्तर्राष्ट्रिय चिया सम्मेलन आयोजनाको तयारी भइरहेको बताएका छन् । 

संसदीय पत्रकार मञ्च कोशी प्रदेशमा आबद्ध पत्रकारसँग आज मुख्यमन्त्री कार्यालयको सभाहलमा भएको भेटघाटमा उनले उक्त सम्मेलनले निर्यात बढाउन र आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्नेमा विश्वास व्यक्त गरे । 

मुख्यमन्त्री कार्कीले विसं २०८२ लाई पर्यटन वर्षका रुपमा मनाउने सरकारको योजनालाई मूर्तरुप दिन अहिलेदेखि नै आवश्यक तयारी भइरहेको पनि जानकारी दिए । 

मुख्यमन्त्री कार्कीले भने, “कोशी प्रदेश सरकार विस्तार गर्ने क्रममा छु र सकेसम्म नौ वटा मन्त्रालयभन्दा बढी नबनाउने सोचसहित नेपाली कांग्रेस पनि सरकारमा सहभागी हुन्छ ।”

उनले संसद्को अधिवेशन सुरु भएपछि छ/सात वटा ऐन संशोधनका तयारी भइरहेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्