०६ साउन २०८३, बुधबार

बंगलादेश प्रहरीको हडताल फिर्ता

साउन २८, २०८१
काठमाडौं
बंगलादेश प्रहरीको हडताल फिर्ता
फाइल तस्वीर

बंगलादेशमा हडतालमा उत्रिएका प्रहरी अधिकारीहरूले आन्दोलन फिर्ता लिएका छन् । 

सरकारसँग भएको बैठकपछि उनीहरू आन्दोलन फिर्ता लिन सहमत भएका हुन् । आफूहरूले राखेका अधिकांश माग पूरा हुने आश्वासन पाएपछि आन्दोलन फिर्ता लिएको प्रहरी अधिकारीले बताएका छन् ।

प्रदर्शनका क्रममा प्रहरी र विद्यार्थीबीच देशभर झडप भएपछि बंगलादेश प्रहरी अधीनस्थ कर्मचारी युनियनले अगस्ट ६ मा बन्दको घोषणा गरेको थियो ।

विद्यार्थी आन्दोलनका क्रममा दर्जनौँ प्रहरी अधिकारी मारिएका छन् भने कैयौँ घाइते भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्