२१ जेठ २०८३, बिहीबार

प्रहरीको गोलीबाट मृत्यु भएका थापाको परिवारलाई १० लाख दिने सहमति, विर्तामोडको जनजीवन अझै प्रभावित

कात्तिक २०, २०७४
प्रहरीको गोलीबाट मृत्यु भएका थापाको परिवारलाई १० लाख दिने सहमति, विर्तामोडको जनजीवन अझै प्रभावित
झापा १२ कात्तिक - झापाको विर्तामोडमा शुक्रबार दिउँसोबाट लगाइएको निषेधाज्ञा अझैं हटाइएको छैन । निषेधाज्ञा नहट्दा सर्वसाधारणलाई समस्या भएको छ ।

अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय लक्ष्मण सिवाकोटीको हत्यारालाई कानूनी कारबाहीको माग गर्दै विर्तामोडमा झडप भएपछि शुक्रवार दिउँसो १ः३० बजेबाट पूर्वमा नयाँ बसपार्क, पश्चिममा चारपाने, उत्तरमा महानन्द चोक र दक्षिणमा विर्ता बजारसम्मको क्षेत्रमा निषेधाज्ञा लगाइएको थियो । सो क्रममा प्रहरीले चलाएको गोली लागेर अर्जुनधारा–११ का ३० वर्षीय नरेश थापाको शुक्रबार मृत्यु भएको थियो ।

शनिबार प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको अध्यक्षतामा बसेको सर्वदलीय वैठकले प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका थापाको परिवारलाई रु १० लाख राहत उपलब्ध गराउन तत्काल गृह मन्त्रालयलाई अनुरोध गर्नेलगायतका आठ बुँदे निर्णय गरे पनि विर्तामोडमा लगाइएको निषेधाज्ञा भने जारी छ ।

salt training

कमेन्ट गर्नुहोस्