
पेरिस ओलम्पिकमा चीनका झाङ युफेईले सबैभन्दा बढी पदक जितेकी छन् । उनले ६ पदक जितिन् ।
पेरिस ओलम्पिकको वेबसाइटका अनुसार झाङले पौडीमा यी पदक जितेकी हुन् । उनले ५ कास्य र १ रजत पदक जितिन् ।
यस्तै, धेरै पदक जित्नेमा फ्रान्सका लियोन मार्चान्ड दोस्रो स्थानमा छन् । उनले ५ पदक जितेका छन् । लियोन पनि पौडी खेलाडी हुन् । उनले ४ स्वर्ण र १ कास्य पदक जिते ।
पेरिस ओलम्पिकको पदक तालिकामा अमेरिका १२६ पदक (४० स्वर्ण, ४४ रजत र ४२ कांस्य) सहित शीर्ष स्थानमा रह्ययो भने चीन ९१ पदक (४० स्वर्ण, २७ रजत र २४ कास्य) सहित दोस्रो स्थानमा छ।
तेस्रो स्थानमा रहेको जापानले कुल ४५ पदक जितेको छ जसमध्ये २० स्वर्ण छन् ।