नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले बहुप्रतिक्षित पन्च ईभीको प्रि बुकिङ्ग खुल्ला गरेको छ ।
अब ग्राहकले कम्पनीको आधिकारिक वेबसाइटमार्फत प्रि बुकिङ्ग गर्न सक्नेछन् । प्रि बुकिङ्ग गरिएका गाडीहरू आगामी नाडा अटो सोबाट प्राथमिकताका साथ डेलिभरी शुरू गरिने कम्पनीले जनाएको छ ।
एक्ट.ईभी प्योर प्ल्याटफर्म आर्किटेक्चरमा आधारित पहिलो उत्पादन पन्च ईभी अत्याधुनिक प्रविधियुक्त छ ।
साथै, पर्यावरणमैत्री एवं खर्चको दृष्टिकोणले किफायती रहेको छ । एक विशेष इलेक्ट्रिक एसयूभीमा हुनुपर्ने हरेक गुण पन्च ईभीमा रहेको छ ।
१६–इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्स, प्रभावशाली एप्रोच, डिपार्चर र र्याम्प–ओभर एंगल्स लगायतका विशेषताहरू रहेका छन् ।
यसका साथै यस गाडीमा ९०–डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बूट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस रहेको छ ।
भारतमा अत्यन्तै लोकप्रिय टाटा पन्च मासिक रूपमा अठार हजार युनिटभन्दा बढी बिक्री भइरहेको छ ।
यस गाडी भारतीय अटो बजारमा कम्प्याक्ट एसयूभीको रूपमा स्थापित हुन सफल भइसकेको छ ।
पन्च ईभी आधुनिक ग्राहकहरूको बदलिँदो इच्छा एवं आवश्यकतालाई परिपूर्ति गर्दै एक अतुलनीय यात्रा अनुभूतिको प्रत्याभूति गर्दछ ।
यसले पन्च ब्रान्डको विश्वसनीयतालाई मात्र नभई समग्र टाटा ब्रान्डको ईभी पोर्टफोलियोमा नयाँ आयाम थपेको छ ।
पन्च इभीले नेपाली बजारमा पनि छोटो अवधिमै उल्लेखनीय हिस्सा ओगट्ने अपेक्षा गरिएको छ ।