१४ असार २०८३, आइतबार

विगतकै व्यवस्थाअनुसार नवीकरण गराउन क्रसर उद्योग महासङ्घले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण

साउन २८, २०८१
काठमाडौं
विगतकै व्यवस्थाअनुसार नवीकरण गराउन क्रसर उद्योग महासङ्घले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण
फाइल फोटो

नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घले उद्योगहरूको नवीकरणमा उत्पन्न समस्याबारे सरकारको ध्यानाकर्षण गराएको छ।

महासङ्घले सोमबार उद्योगहरूका समस्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा महासङ्घका अध्यक्ष सीताराम न्यौपानेसहितका प्रतिनिधिले दर्ता भएका सात सय क्रसर तथा बालुवा उद्योगलाई विगतकै मापदण्डका आधारमा नवीकरण गराउन माग गरेका हुन् ।

वातावरणसम्बन्धी मापदण्ड, २०५४ र उद्योगका लागि दूरीसम्बन्धी मापदण्ड, २०७१ का आधारमा ती उद्योग सञ्चालन भएकामा २०७७ सालमा संशोधित मापदण्डले नवीकरणमा कठिनाइ भएको महासङ्घले जनाएको छ।

महासङ्घले उद्योगहरूको नवीकरण नहुँदा करिब रु चार अर्ब लगानी डुब्ने अवस्थामा रहेको जनाएको छ।

विगतमा दर्ता भएका उद्योगलाई कर दस्तुर लिई पुरानै मापदण्डका आधारमा नवीकरण गराउन र व्यावहारिक एवं नयाँ मापदण्ड ल्याउन महासङ्घले माग गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्