
२०७८ साउन ३१ गते शेयर बजारमा २१ अर्ब ६४ करोड रुपैयाँको कारोबार भएको थियो । जुन शेयर बजार इतिहासकै सर्वाधिक कारोबार थियो ।
उक्त कारोबारको रेकर्डलाई करिब तीन वर्षपछि २०८१ साउन १६ गते पहिलोपटक तोडियो । साउन १६ गते शेयर बजारमा २१ अर्ब ७१ करोडको कारोबारले तीन वर्षयताकै कारोबार रकमको कीर्तिमानलाई तोड्यो ।
त्यसको भोलिपल्ट साउन १७ गते बिहीबार शेयर बजारमा २१ अर्ब ४८ करोड रुपैयाँको कारोबार भयो ।
त्यस लगत्तै अर्को साताको दोस्रो कारोबारका दिन (साउन २१) खुलेको शेयर बजारमा २१ अर्ब ६९ करोडको शेयर कारोबार भयो ।
साउन २२ मङ्गलबार शेयर बजारमा २३ अर्ब ५० करोड रुपैयाँको कारोबारले गत साउन १६ गते बनाइएको कीर्तिमानीलाई दोस्रोपटक तोड्यो । साथै २३ अर्ब ५० करोड रुपैयाँको कारोबारको नयाँ कीर्तिमानी बन्यो ।
त्यस्तै यस साताको पहिलो दिन साउन २७ गते आइतबार मात्रै २५ अर्ब ३३ करोडको शेयर कारोबारले तीन दिन अघि मात्रै बनाएको नयाँ कीर्तिमानीलाई तेस्रोपटक तोड्यो ।
साताको दोस्रो कारोबार दिन सोमबार उक्त कारोबार रकमको कीर्तिमानीलाई चौथोपटक २७ अर्ब २४ करोड रुपैयाँको कारोबारले पुन तोडेको छ ।
सोमबारसम्म बजार पुँजीकरण ४६ खर्ब ५३ अर्ब ४३ करोड ४९ लाख रुपैयाँ पुगिसकेको छ ।