
बर्दियाको गुलरिया नगरपालिका– २ को खैरापुरको (पटाहा)मा कृष्णसारको सङ्ख्या बढेको छ ।
गत वर्षसम्म १ सय ९७ वटा कृष्णसार रहेकामा २७ वटा थपिएर यस वर्ष २२४ पुगेको कृष्णसार संरक्षण कार्यालयले जनाएको छ ।
नियमित गस्ती, प्रभावकारी अनुगमन, घाँसे मैदानको व्यवस्थापन, तारजाली तथा मर्मतका कारण कृष्णसारको सङ्ख्या बढेको कृष्णसार व्यवस्थापन परिषद्का अध्यक्ष दीपेन्द्र यादवले बताए ।
विक्रम संवत् २०३२ सालमा अस्थायी चौकी खडा गरी कृष्णसार संरक्षणको शुरूआत गरिएको थियो ।
चितुवा, हुँडार, स्याललगायतको आक्रमणका कारण कृष्णसारको सङ्ख्या घट्दै गएपछि संरक्षण शुरू गरिएको थियो ।