०२ असार २०८३, मंगलबार

वामगठबन्धनको विरोध–‘चिल आयो भनेर कुखुरा चोर्ने धुर्त्याइंँ’

कात्तिक २०, २०७४
वामगठबन्धनको विरोध–‘चिल आयो भनेर कुखुरा चोर्ने धुर्त्याइंँ’
काठमाडौं १२ कार्तिक –नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले वामएकताबाट अब कोही पनि भाग्न नपाउने बताएका छन् । नेपालका कम्युनिष्टहरुका कारण देशमा ठूलाठूला परिवर्तन भएकोले अव जनताको समृद्धिकालागि बामएकताबाट कोही भाग्न नहुने उनले बताए ।

‘संघीय गणतन्त्र नेपाल स्थापनागर्न सबैभन्दा ठूलो योगदान नेपालका बामपन्थीको छ, कम्युनिष्टहरु बलिदान नचढेको भए सबैभन्दा बढी जनताका मौलिक हक भएको संविधान संविधान सभाबाट आउँदैनथ्यो,’ एमाले र माओवादीका सम्पर्क मञ्चहरुको संयुक्तबाम भेलालाई सम्बोधनगर्दै ज्ञवालीले भने ‘चुनावमा बहुमत ल्याउनु एउटा साधन हो, साध्य निकालौँ जनताको समृद्धि ।’

उनले कम्युनिष्टहरु धेरैदिन सरकारमा बस्न नपाएपनि सरकारमा रहेको समयमा छाप रहने गरी काम गरेकोले देशको समृद्धि कम्युनिष्टले मात्र ल्याउने दावी गरे । उनले बामतालमेलले प्रतिकृयाबादी बृत्तमा भूईँचालो गएकोले कम्युनिष्टहरुले अधिनायकबाद ल्याउने हौवा पिटाएको आरोप लगाए ।

‘यो चिल आयो भनेर हल्ला गरेर आफूले कुखुरा चोर्ने धुत्र्याईँ, अरु कुनै बैचारिक प्रतिस्पर्धा गर्ने सामथ्र्य नभएपछि जनमत भड्काउने र भारतसंग मिलेर अन्तराष्ट्रिय शक्ति भड्काउन सकिन्छ कि भनेर गरीएको षड्यन्त्र हो ’ उनले भने ‘हतास मानसिकता र निभ्ने बेलाको बत्तिहो ।’

उनले मतपत्र फरक फरक भएपनि चुनाव हुन नदिनकालागि बदमासी गरीएको आरोप लगाए । ‘२ मतपत्रमा ४ फरक फरक खण्डछन, यस्ता बदमास प्रश्नहरुमा अल्झेर चुनाव भाँड्ने षड्यन्त्र हुँदै छ ।’ उनले भने ।
ज्ञवालीले हिँजोका भावनात्मक घाउहरु भएकोले त्यसलाई पुर्न जरुरी भएको पनि बताए ।

salt training

कमेन्ट गर्नुहोस्