०८ साउन २०८३, शुक्रबार

चार महिने सङ्गठन विस्तार जनअभियान सञ्चालन गर्दै जसपा नेपाल

साउन ३०, २०८१
काठमाडौं
चार महिने सङ्गठन विस्तार जनअभियान सञ्चालन गर्दै जसपा नेपाल
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव ।

जनता समाजवादी पार्टी (जसपा) नेपाल केन्द्रीय समिति बैठकले सङ्गठन विस्तारका लागि चार महिने जनअभियानमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

यही साउन २७ गतेदेखि शुरू भई बुधवार सम्पन्न केन्द्रीय समिति बैठकले सदन र सडकमा बलियो उपस्थिति जनाउँदै सङ्गठन निर्माणका लागि जनअभियानमा होमिने निर्णय गरेको हो ।

बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको राजनीतिक, साङ्गठनिक एवं जनअभियानको प्रतिवेदन राय सुझावसहित सर्वसम्मतले पारित गरेको छ ।

बैठकले भूगोल, क्षेत्र, योग्यता, क्षमता र विविधताका आधारमा सङ्गठन निर्माण एवं जनअभियानका लागि केन्द्रीय सदस्यहरूको कार्यविभाजन गरेको छ । 

यही भदौ ९ गते काठमाडौंमा औपचारिक कार्यक्रम गरी पार्टी अध्यक्ष यादवले जनअभियानको उद्घाटन गर्नेछन् । प्रथम चरणमा जनअभियान चार महिनाको लागि मङ्सिर मसान्तसम्मको लागि तोकिएको छ । पाँच लाख नयाँ सङ्गठित क्रियाशील सदस्य थप्न चार महिने सङ्गठन निर्माण अभियान चलाउने प्रस्तावलाई केन्द्रीय समितिले पारित गरेको थियो । 

बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवले आगामी २०८४ को निर्वाचनसम्म सम्पूर्ण पार्टी पंक्तिलाई सङ्गठन निर्माणमा होमिन निर्देशन दिए । उनले जसपा नेपाललाई बलियो शक्तिको रूपमा स्थापित गर्नेगरी जनतामाझ पुग्न आग्रह गरे ।

salt training

कमेन्ट गर्नुहोस्