
सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता ठेकेन्द्रराज जोशीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँको उपस्थितिमा उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापाले जोशीलाई प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथ गराए ।
मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख मियाँले आइतबार जोशीलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका थिए ।
धनगढी घर भएका जोशी यसअघि पनि मुख्यमन्त्री शाहकै नेतृत्वको सरकारको समयमा आठ महिना मुख्य न्यायाधिवक्ता बनेका थिए ।