२२ असार २०८३, सोमबार

झापामा नागरिकता बनाउनेभन्दा राहदानी लिने बढी

साउन ३१, २०८१
झापा
झापामा नागरिकता बनाउनेभन्दा राहदानी लिने बढी

जिल्ला प्रशासन कार्यालय झापाबाट नागरिकताभन्दा राहदानी लिनेको सङ्ख्या ह्वात्तै बढेको छ । आर्थिक वर्ष २०८०/८१ मा २५ हजार चार सय ५५ जनाले राहदानी तथा १८ हजार आठ सय २२ जनाले नागरिकता लिएका छन् ।

गत आवमा राहदानीबापत १४ करोड ७३ लाख ६७ हजार सात सय राज्यकोषमा दाखिला भएको छ । राहदानीलगायत अन्य सेवाबाट जिल्ला प्रशासन कार्यालयले १५ करोड ३० लाख ३९ हजार चार सय ४४ संकलन गरेको छ । 

यसैबीच उक्त कार्यालयले चालु तथा पुँजीगत खर्च तीन करोड ८६ लाख १६ हजार चार सय ५७ भएको जनाएको छ। 

salt training

कमेन्ट गर्नुहोस्