२९ असार २०८३, सोमबार

टेलिकमको आम्दानी र मुनाफामा गिरावट

साउन ३१, २०८१
काठमाडौं
टेलिकमको आम्दानी र मुनाफामा गिरावट

नेपाल टेलिकमले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा कम्पनीको कुल आम्दानी र मुनाफा दुवैमा गिरावट आएको छ ।

आ.व. २०८०/८१ मा टेलिकमको कुल आम्दानी ४१ अर्ब ६१ करोड ७१ लाख १७ हजार रहेको छ । यो रकम गत वर्ष (०७९/०८०)को ४४ अर्ब ४२ करोड ३६ लाख १८ हजारको तुलनामा ६.३२ प्रतिशत अर्थात् २ अर्ब ८० करोड ६५ लाख कम हो ।

कम्पनीको सञ्चालन आय पनि गत आवको तुलनामा ४.९९ प्रतिशतले घटेको छ । यो वर्ष सञ्चालन आय ३४ अर्ब ४६ करोड ११ लाख ३५ हजार रहेको छ, जुन गत आवमा ३६ अर्ब २७ करोड १४ लाख ५० हजार थियो।

यस वर्ष कम्पनीको खुद मुनाफा ६ अर्ब ६१ करोड ७७ लाख ७६ हजार रहेको छ, जुन गत आवको ७ अर्ब ९२ करोड १ लाख ५५ हजारको तुलनामा १६.४४ प्रतिशत कम हो ।

यसका साथै, कर अघिको मुनाफा पनि ३.९१ प्रतिशतले घटेर ११ अर्ब ३७ करोड ९८ लाख ४ हजार पुगेको छ। कम्पनीको प्रति शेयर आम्दानी भने ३६.७७ रहेको छ ।

कम्पनीका अनुसार, ओटीटी सेवाको बढ्दो प्रयोगले अन्तर्राष्ट्रिय सेवा र अन्तरआवद्धता आम्दानीमा १ अर्ब ४३ करोड ८४ लाख ४८ हजारको कमी ल्याएको छ। यसले समग्र भ्वाइस/एसएमएस सेवामा नकारात्मक प्रभाव पारेको कम्पनीको ठहर छ । साथै, सेवा विस्तार र गुणस्तर सुधारको प्रयास गर्दा लागत बढेको तर, प्रतिफल कम देखिएको कम्पनीले जनाएको छ ।

कम्पनीले चालु आर्थिक वर्षदेखि योगदानमा आधारित पेन्सन योजना लागू गरिएको जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्