२७ असार २०८३, शनिबार

न्यायाधीशको निधनमा उच्च अदालत पाटन र मातहतमा आज शोक बिदा

साउन ३१, २०८१
काठमाडौं
न्यायाधीशको निधनमा उच्च अदालत पाटन र मातहतमा आज शोक बिदा

उच्च अदालत पाटनसहित मातहतका ११ वटा जिल्ला अदालतमा बिहीबार बिदा दिइएको छ । उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएका कारण मातहतका अदालतमा शोक बिदा दिइएको हो । 

ब्रेन ट्युमरका कारण उनको उपचारका बुधवार राति निधन भएको उच्च अदालत पाटनका प्रवक्ता विमल पराजुलीले बताए ।  

'शोकमा उच्च अदालत पाटनसहित मातहतका ११ वटा जिल्ला अदालतमा बिहीबार कुनै पनि काम/कारवाही नहुने गरी बिदा दिइएको छ,' प्रवक्ता पराजुलीले लोकान्तरसँग भने । 

न्यायाधीश रेग्मी न्याय प्रशासन सेवाबाट उच्च अदालतमा न्यायाधीश नियुक्त भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्