२५ असार २०८३, बिहीबार

प्रधानमन्त्रीले गरे १०० दिनमा गर्न सकिने मुख्य कामबारे छलफलः मन्त्रीदेखि सचिवसम्म सहभागी

साउन ३१, २०८१
काठमाडौं
प्रधानमन्त्रीले गरे १०० दिनमा गर्न सकिने मुख्य कामबारे छलफलः मन्त्रीदेखि सचिवसम्म सहभागी

प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट र १०० दिनभित्र गर्न सकिने कामबारे छलफल गरेका छन् ।

उनले बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रीदेखि सचिवसम्मसँग वर्तमान सरकारको १०० दिनभित्र गरिने मुख्य–मुख्य कामबारे छलफल गरेको उनको सचिवालयले जनाएको छ । 

गत आर्थिक वर्षको प्रगति समीक्षा, चालु आर्थिक वर्षको बजेट र कार्यक्रम कार्यान्वयन योजनाका विषयमा समेत छलफल भएको थियो । 

छलफलमा प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव र सबै मन्त्रालयका सचिवहरूको सहभागिता थियाे ।

salt training

कमेन्ट गर्नुहोस्