०८ साउन २०८३, शुक्रबार

स्वतन्त्रता दिवसको अवसरमा शुभकामना दिएका ओलीलाई मोदीले फर्काए जवाफ

साउन ३१, २०८१
काठमाडौं
स्वतन्त्रता दिवसको अवसरमा शुभकामना दिएका ओलीलाई मोदीले फर्काए जवाफ
फाइल तस्वीर

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ७८ औं स्वतन्त्रता दिवसका लागि नेपालका समकक्षी केपी शर्मा ओलीले दिएको शुभकामनामा कृतज्ञता व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री मोदीले भनेका छन्, 'स्वतन्त्रता दिवसका लागि तपाईंले दिएको शुभकामनाप्रति कृतज्ञ छु । भारत र नेपालबीच बलियो मित्रता रहनुपर्छ भन्ने तपाईंको भनाइमा सहमत छु ।'

बिहीवार प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल एक्समै मेन्सन गरेर भारतको ७८ औं स्वतन्त्रता दिवसका लागि बधाइ दिएका थिए ।  

'प्रधानमन्त्री श्री नरेन्द्र मोदीजी र भारतका जनतालाई ७८ औं स्वतन्त्रता दिवसको हार्दिक बधाई ! यस दिनले हाम्रो राष्ट्रहरू बीचको मित्रता र सहकार्यलाई थप बलियो बनाओस् । नेपाल-भारत सम्बन्धलाई थप अगाडि बढाउन उत्साहित छु,' प्रधानमन्त्री ओलीले भनेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्