०८ साउन २०८३, शुक्रबार

मधेशको कानून मन्त्रालयका उपसचिवसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

साउन ३१, २०८१
काठमाडौं
मधेशको कानून मन्त्रालयका उपसचिवसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

महोत्तरीको गौशालास्थित इलाका प्रहरी कार्यालयको कम्पाउन्ड वाल निर्माण कार्यमा भ्रष्टाचार गरेको आरोपमा मधेश प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव अवधकिशोरप्रसाद कुशवाहासहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीवार विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

पर्खाल बनाउँदा गुणस्तरहीन काम गरेको र डिजाइन सम्झौताभन्दा फरक काम गरेर पाँच लाख ३१ हजार ४२८ रुपैयाँ ७० पैसा भ्रष्टाचार गरेको आरोप उनीहरूमाथि छ । 

अख्तियारले कुशवाहासहित पूर्वाधार विकास कार्यालय, धनुषाका तत्कालीन निमित्त प्रमुख रविचन्द्र पजियार, करार सेवामा कार्यरत तत्कालीन इन्जिनियर राममनिज यादव र जसवाल कन्ट्रक्सनका निर्माण व्यवसायी एवं सञ्चालक राकेशप्रसाद जसवालविरुद्ध मुद्दा दायर गरेको छ । 

‘उनीहरूले आर्थिक वर्ष २०७७–७८ मा इलाका प्रहरी कार्यालय, गौशालामा कम्पाउन्ड पर्खाल लगाउने क्रममा फिल्डमा हुँदै नभएको कामलाई समेत काम गरेको प्रतिवेदनसहित बिल पेश गरेर भुक्तानी गरी रकम हिनामिना गरेको पाइएको छ,’ आयोगका प्रवक्ता नरहरि घिमिरेले बिहीवार जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा १० बमोजिम बिगो अनुसारको जरिवाना र कैद सजायको मागदाबी गरेको छ ।

null
 

salt training

कमेन्ट गर्नुहोस्