१० साउन २०८३, आइतबार

१७ लाख बराबरको इलेक्ट्रिक चुरोट बरामद

साउन ३१, २०८१
पर्सा
१७ लाख बराबरको इलेक्ट्रिक चुरोट बरामद

 सशस्त्र प्रहरी बलले रु १७ लाख १० हजार छ सय ५० मूल्य बराबरको इलेक्ट्रिक चुरोट (भेप) बरामद गरेको छ ।

 वीरगञ्ज महानगरपालिका वडा–१६ स्थित भन्सार कार्यालयको मुख्यगेट नजिकैबाट भारततर्फ लुकाईछिपाई लैजाने क्रममा रहेको चार सय ५० थान भेप आ बरामद गरिएको हो । 

सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंहले भन्सारको मुख्य गेट नजिकै प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले चेकजाँचका क्रममा टाँगाभित्र फल्स बटम बनाएर लुकाएर राखेको इलेक्ट्रिक चुरोट बरामद गरेको जानकारी दिए । 

यसअघि पर्सा प्रहरीले गत साउन २४ गते रु पाँच करोड मूल्य पर्ने ७६ कार्टुन इलेक्ट्रिक भेप बरामद गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्