
डोटीमा यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । बसमा सवार सबै यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय, डोटीका एसपी विष्णुहरि कोइरालाले लोकान्तरलाई जानकारी दिए ।
धनगढीबाट दिपायल जाँदै गरेको शैलेश्वरी यातायातको ना५ख ४४५१ नम्बरको बस समूहगाडमा शुक्रवार बिहान ५ बजेतिर दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी कोही पनि गम्भीर घाइते नभएको एसपी कोइरालाले बताए । ‘घाइतेको अवस्था मध्यम र सामान्य छ । कसैको पनि गम्भीर अवस्था छैन,’ उनले भने ।
घाइतेहरूको उद्धार गरिएको र अहिले राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको एसपी कोइरालाले जानकारी दिए ।
बस सडकबाट करिब ३५ मिटर तल खसेको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको उनले बताए ।