२३ असार २०८३, मंगलबार

आईजीपीलाई गृहमन्त्रीको निर्देशन– गठ्ठाघर दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्नू

साउन ३२, २०८१
काठमाडौं
आईजीपीलाई गृहमन्त्रीको निर्देशन– गठ्ठाघर दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्नू

गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा भएको सवारी दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी)लाई निर्देशन दिएका छन् । गृहमन्त्री लेखकले दुर्घटनाको कारण गम्भीरतापूर्वक खोज्न आईजीपी वसन्तबहादुर कुँवरलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । 

दुर्घटनाबारे दुःख व्यक्त गर्दै उहाँ भने, ‘गठ्ठाघरको दुर्घटनामा के भएको हो ? दुर्घटना हुनुमा कसैको गल्ती छ कि ?  यसमा हाम्रो पुलिस फोर्सको गल्ती छ कि ? यसको गम्भीरतापूर्वक छानबिन गर्नुहोस् ।’ 

बिहीवार दिउँसो गठ्ठाघर चोकनजिकै ट्रकले ठक्कर दिँदा स्कूटर चालकको घटनास्थलमै मृत्यु भएको थियो ।  ना६ख २१७३ नम्बरको ट्रकले बा३९प ८९४४ नम्बरको स्कूटरलाई ठक्कर दिँदा स्कूटर चालक ओखलढुंगा स्थायी घर भएका उत्तम कोइरालाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

ट्रक चालक घटनास्थलबाट फरार भए पनि बिहीवार साँझ काठमाडौंको नयाँ बानेश्वर वृत्त तीनकुनेले पक्राउ गरी थिमि वृत्तको जिम्मा लगाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्