१६ असार २०८३, मंगलबार

सेवा शुल्कको टुंगो नलाग्दै कामदार माग पत्रको कुरा गर्नु ठगी हो : पूर्व श्रममन्त्री अर्याल

साउन ३२, २०८१
काठमाडौं
सेवा शुल्कको टुंगो नलाग्दै कामदार माग पत्रको कुरा गर्नु ठगी हो : पूर्व श्रममन्त्री अर्याल

पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल (डीपी)ले सेवा शुल्क नटुङ्गिँदासम्म कामदार माग पत्र प्रमाणीकरणको कुरा उठाउन नहुने बताएका छन् । त्यसो गरिएमा त्यो ठगी धन्दा हुने उनको भनाइ छ।

शुक्रबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै पूर्व मन्त्री अर्यालले यस्तो बताएका हुन् । ​

सेवा शुल्कबिना  कामदार माग पत्रको विषयमा छलफल गर्नु समेत वाञ्छनीय नहुने उनको भनाइ छ । 'लाखौं लाख तिरेर श्रमिकहरू कसरी जापान, इजरायल तथा अन्य युरोपियन मुलुकहरूमा जान्छन्,' प्रश्न गर्दै उनले भने, 'कामदार माग पत्रमा छलफल गर्नु नै ठगी हो । पहिले सेवा शुल्क टुङ्गिनुपर्‍यो । त्यसपछि माग पत्रमा जानुपर्छ । त्यसैले अहिले यो विषय उठाउनु उचित छैन  ।'

salt training

कमेन्ट गर्नुहोस्