०८ असार २०८३, सोमबार

'ग्रीन तिज कार्यक्रम'मा वातावरणमन्त्री शाहीले भने- सिंहदरबारलाई प्लास्टिकमुक्त बनाउँछु [भिडियोसहित]

साउन ३२, २०८१
काठमाडौं
'ग्रीन तिज कार्यक्रम'मा वातावरणमन्त्री शाहीले भने- सिंहदरबारलाई प्लास्टिकमुक्त बनाउँछु [भिडियोसहित]

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सिंहदरबारलाई प्लास्टिकमुक्त बनाउने प्रतिबद्धता जनाएका छन् । 

वन तथा वातावरण मन्त्रालयको सहकार्यमा 'साथसाथै फाउन्डेसन'ले आयोजना गरेको जलवायु परिवर्तनको जोखिम न्यूनीकरण र तिजलगायतका चाडपर्वलाई वातावरणमैत्री बनाउने अभियान घोषणा कार्यक्रममा उक्त प्रतिबद्धता जनाएका हुन् । 

मन्त्री शाहीले भने, 'हामीले यसअघि नै आफ्नो मन्त्रालयलाई प्रयोग गर्न अयोग्य प्लास्टिकमुक्त बनाइसकेका छौँ, अब सबै मन्त्रालयमा यो अभियान पुर्‍याउनेछौँ, यसमा सबैको सहयोगको अपेक्षा गरेका छौँ ।' उनले सिंहदरबारभित्र ४० माइक्रोनभन्दा पातला प्लास्टिकका झोला प्रतिबन्धमा कडाइ गरिने उल्लेख गरे । 

null

मन्त्री शाहीले वातावरणीय प्रदूषण र जलवायु प्रदूषण अहिले मुख्य समस्याका रूपमा रहेको उल्लेख गरे । नेपालले अहिले वन क्षेत्र बढाएर करिब ४५ प्रतिशत पुर्‍याएको तथा स्वच्छ ऊर्जाको खपतका साथै बायोग्यास प्लान्टमा ध्यान दिइएको पनि उनले बताए । हिमाली क्षेत्रमा तापक्रम वृद्धि हुँदै गइरहेकाले यसको बढी असर पनि त्यस क्षेत्रमा पर्ने गरेको उनले उल्लेख गरे । 

मन्त्री शाहीले नेपालले जलवायु परिवर्तनलाई मुख्य प्राथमिकतामा राखेर नीतिगत सुधारको थालनी गरेको पनि जानकारी दिए । 

null

सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले वातावरणीय सङ्कटले पर्वावरण मात्रै नभई जीवनलाई नै खतरामा पुर्‍याएको उल्लेख गरिन्। 'महिला र वातावरणमाथि पनि विभेद छ, यसलाई कसरी न्याय दिलाउने त्यसतर्फ ध्यान दिन जरुरी छ । हाम्रो अभ्यासलाई पनि हामी आफैँले चुनौती दिनुपर्छ', उनले भनिन् ।

उनले वातावरणीय न्याय दिलाउने कार्यमा सरकार र निजी क्षेत्रबिच सहकार्य जरुरी भएको खाँचो औँल्याइन् । 

यसअघि समूहगत छलफल सत्रमा वन तथा वातावरण राज्यमन्त्री रुपा विकले वातावरणलाई प्रदूषित तुल्याउने सामग्रीको प्रयोगलाई निरुत्साहित गर्नेतर्फ सबैले ध्यान दिनुपर्ने बताइन् । 

null

उनले तीज पर्वलाई कसरी हरितमैत्री बनाउनेभन्नेबारे सरोकारवालासँगको छलफल सान्दर्भिक रहेको बताइन् । उनले जलवायु परिवर्तनको बढी असर महिलामा देखिएको उल्लेख गर्दै वातावरण संरक्षण र जलवायु परिवर्तनको जोखिम न्यूनीकरणका लागि तल्लो तहसम्म सचेतना अभियान चलाउन जरुरी भएको बताइन् । 

पूर्वमन्त्री डा विमला राई पौडेलले जलवायु परिवर्तनको असरसँग जुध्न सबै एकताबद्ध भएर लाग्नुपर्ने खाँचो औँल्याइन् । 

यसैगरी मधेसी आयोगका सदस्य रेणुदेवी साहले जलवायु परिवर्तनको जोखिमको प्रभाव हरेक क्षेत्रमा परेको बताउँदै मानिसका हरेक क्रियाकलापलाई वातावरणमैत्री बनाउन जरुरी रहेको औँल्याइन् ।

संयुक्त राष्ट्र सङ्घीय महिलाविरुद्ध भेदभाव उन्मूलन गर्ने समिति (सिड) का सदस्य बन्दना राणाले जलवायु परिवर्तनको जोखिम न्यूनीकरणका लागि हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिइन् ।

null

साथसाथै फाउन्डेसनका अध्यक्ष प्रजिता कार्कीले वातावरण विनाश र जलवायु परिवर्तनको असर हरेक क्षेत्रलाई रहेको भन्दै त्यसलाई न्यूनीकरण गर्न र जलवायु परिवर्तनको असरबाट जोगाउन सबैलाई जनचेतना जगाई सरकार र निजी क्षेत्रबिच समन्वय र सहकार्य जरुरी भएको बताइन् । अभियन्ता दीक्षा बरालले वातावरण संरक्षण र जलवायु परिवर्तनको जोखिम न्यूनीकरणबारे सम्बन्धी जनचेतना अभिवृद्धि जरुरी भएको उल्लेख गरिन् ।

त्यस्तै कार्यक्रमको पहिलो सेसनमा वातावरणीय न्यायमा काम गर्ने ५० जना अभियान्ताहरुले जलवायु परिवर्तनको जोखिम न्यूनीकरण र चाडपर्वलाई वातावरणमैत्री बनाउन देशव्यापी अभियान सुरु गर्ने घोषणा गरेका छन् । उनीहरूले शुक्रबार काठमाडौँ आयोजित एक कार्यक्रमकाबीच कार्बन उत्सर्जन घटाउने विभिन्न पाँच बुँदामा सामूहिक प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हुन् । त्यसमा फोहोर घटाउने, प्लास्टिकको प्रयोग न्यूनीकरण गर्ने, सामानको पुनप्रयोग गर्ने, वातावरण जोगाउन जनचेतना लगाउनेलगायत छन् ।

साथसाथै फाउण्डेशनले वन तथा वातावरण मन्त्रालयको सहकार्यमा आयोजना गरेको कार्यक्रममा नयाँ अभियानको थालनी भएको घोषणा गरेको हो ।

साथसाथैका अध्यक्ष प्रजिता कार्कीले तीजलगायतका चाडपर्वलाई वातावरणमैत्री र हरियाली बनाउन संस्थाको कार्यक्रम केन्द्रित हुने जानकारी दिइन् । 'ग्रीन तीजका लागि महिलाहरूले परिवर्तनको नेतृत्व गरिरहेका छन्', उनले भनिन्,'साथसाथैले नजिकिएको तीज पर्वलाई लक्षित गरी वातावरणीय पक्ष ख्याल गर्दै ‘ग्रीन, वुमन लिडिंग द चेन्ज’ कार्यक्रम सुरु गरेको हो ।'

null

पचास जना अभियन्ताहरूमा भूमिका श्रेष्ठ, रेखा थापा, सुनिता बराल, बिना लामा, प्रदा कार्की, श्रद्धा श्रेष्ठ, निमा ग्याल्जेन शृेर्पा, मित्र जिरेल, रेणुदेवी साह, सुजनकुमारी बर्देवा, रोजिना प्रधान राई, सृच्छा प्रधान, लिवर्टी भण्डारी, रिना चौधरी, अस्मिता बादे, गौरा नेपाली, स्मृति शर्मा, देविका राई रहेका छन् । त्यस्तै  कृष्णा कार्की, सीता मिजार, उमा प्रधान, जोनी मैनाली, बिमला तुम्खेवा, विनिता कठायत, उषाकिरण भण्डारी, अञ्जिला सुब्बा, इन्दु बर्मा, अरुणा साह,पार्वता चौधरी, रञ्जु दर्शना, रोशनी अधिकारीलगायत पनि अभियन्ता रहेका छन् । अभियन्ताहरू राजनीति, शिक्षा, स्वास्थ्य, कानुन, खेलकुद, बैंक तथा वित्तीय संस्था, पर्यटन, कृषि, कलाकारिता, पत्रकारितालगायत क्षेत्रबाट छन् ।

अभियान घोषणा कार्यक्रममा बोल्दै नायिका रेखा थापाले प्रकृतिको संरक्षणका लागि जलवायु परिवर्तनको जोखिम नियन्त्रण गर्न जागरूक हुनुपर्नेमा जोड दिइन् । 

null

अधिकारकर्मी सरु श्रेष्ठ जोशीले चाडपर्वमा फजुल खर्च घटाएर पुराना कपडाको पुनःप्रयोगलाई प्रोत्साहन गर्दै त्यसलाई वातावरणमैत्री बनाइनुपर्ने बताइन् । 

अभियन्ता भूमिका श्रेष्ठले चाडपर्वलाई तडकभडक नभई क्षमता अनुसार मनाइनुपर्ने बताइन् । जलवायु परिवर्तनसँग सम्बन्धित कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई पनि सहभागी गराइएकोमा खुसी व्यक्त गरिन् । 

अर्का अभियन्ता यमुना घले र कृष्णा कार्कीले जलवायु र वातावरणमैत्री अभियानलाई सशक्त र प्रभावकारी बनाइनुपर्ने खाँचो औँल्याए । 

null

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जलवायु परिवर्तनको जोखिम न्यूनीकरणका लागि बोलेर मात्रै नभई कार्यान्वयन तहमा जानुपर्ने खाँचो रहेको उल्लेख गर्दै आफ्नो गाउँपालिकाले प्लास्टिकको प्रयोगलाई निरुत्साहित गरेको बताए ।

नेपाल पर्यटन बोर्डका निर्देशक श्रद्धा श्रेष्ठले जलवायु परिवर्तनले सबैभन्दा बढी नेपालको पर्यटन क्षेत्रमा असर परेको, हिमाली पर्यटन, पर्वतारोहण र पदयात्रामा प्रभाव पारेको भन्दै यसको जोखिम न्यूनीकरणमा सबै सक्रिय रूपमा लाग्नुपर्नेमा जोड दिइन् । 

साथसाथैले विगत तीन वर्षदेखि वातावरण एवं जलवायु न्यायका लागि क्रियाशील रही जलवायु परिवर्तनको असर र त्यसका न्यूनीकरणका लागि विभिन्न प्रदेशमा पुगी रचनात्मक काम गर्दै आइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्