०२ साउन २०८३, शनिबार

गाजामा इजरायलको हवाई आक्रमणः एकै परिवारका १५ जनाको मृत्यु

भदौ १, २०८१
काठमाडौं
गाजामा इजरायलको हवाई आक्रमणः एकै परिवारका १५ जनाको मृत्यु
तस्वीरः एएफपी ।

गाजापट्टी–गाजाको नागरिक सुरक्षा विभागले शनिवार बिहान इजरायली हवाई आक्रमणमा नौ बालबालिका र तीन महिलासहित प्यालेस्टिनी परिवारका १५  सदस्यको मृत्यु भएको बताएको छ । 

मध्य गाजाको अल–जावैदामा रहेको अज्लाह परिवारको घरमा आक्रमण भएको नागरिक सुरक्षा प्रवक्ता महमुद बस्सलले बताए ।

इजरायली सेनाले भने यस घटनाबारे कुनै टिप्पणी गरेको छैन । 

‘अल–जावैदाको अज्लाह परिवारको घर र गोदाममा भएको इजरायली आक्रमणबाट १५ जनाको मृत्यु भएको छ,’ बस्सलले भने । 

उद्धारकर्ताहरूले आक्रमणबाट क्षतिग्रस्त घरको भग्नावशेषबाट शव निकाल्दा अहमद अबु अल–घौलले भने, ‘तीनवटा रकेट सिधै घरमा खसेको थियो । भित्र बालबालिका र महिलाहरू थिए । उनीहरूको के दोष थियो र ?’

इजरायल र हमासबीच १०  महिनाभन्दा बढी समयदेखि चलिरहेको युद्धले गाजाको विशाल भूभागलाई भग्नावशेष बनाएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्