०८ असार २०८३, सोमबार

कोटीहोमस्थलमा भएको घटनाबारे छानबिन गर्न सात सदस्यीय समिति गठन

भदौ १, २०८१
काठमाडौं
कोटीहोमस्थलमा भएको घटनाबारे छानबिन गर्न सात सदस्यीय समिति गठन

सरकारले पशुपतिनाथ मन्दिरको कोटीहोमस्थलमा भएको घटनाबारे छानबिन गर्न छानबिन समिति गठन गरेको छ । 

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाको संयोजकत्वमा शनिवार सात सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

समितिका सदस्यमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक गंगा पौडेल, सशस्त्र प्रहरी बल २० गण सिनामंगलका सप्रनाउ प्रमोद राय, अधिवक्ता सचितानन्द काफ्ले, नेपाल पत्रकार महासंघका गोविन्द चौलागाईं र मानव सेवा फाउन्डेसन नेपालका विष्णुकुमार थापा रहेका छन् ।

यस्तै जिल्ला प्रशासन कार्यालय काठमाडौंका अधिकृत अनुपम पौडेल सदस्य–सचिव रहेका छन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, जिल्ला प्रहरी परिसर, भद्रकालीका प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेलगायतको छलफलपछि सात सदस्यीय छानबिन समिति बनाउने निर्णय भएको हो । 

शुक्रवार कोटीहोमका आयोजक विजयकृष्ण मूर्ति भनिने विजय भण्डारीलाई पक्राउ गर्न जाँदा प्रहरीविरुद्ध नाराबाजी र हुलहुज्जत भएको थियो ।

भण्डारीमाथि ठगी गरेको आरोप लागेको छ । 

salt training

कमेन्ट गर्नुहोस्