०३ असार २०८३, बुधबार

घरायसी झगडामा कुटपिटगरी श्रीमतीको हत्या

भदौ २, २०८१
महोत्तरी
घरायसी झगडामा कुटपिटगरी श्रीमतीको हत्या

महोत्तरी गाउँपालिका–१ सोनुखडा गाउँमा एक जनाले कुटपिटगरी श्रीमतीको हत्या गरेका छन् । 

स्थानीय ४५ वर्षीय हबिब नदाफले ३६ श्रीमती वर्षीया रोशना खातुनलाई कुटपिटगरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिए । 

श्रीमतीसँगको घरायसी झगडामा हबिबले शनिबार रोशनालाई निर्घात कुटपिट गरेका थिए । समयमै उपचार नहुँदा निजको मृत्यु भएको प्रहरीले जनाएको छ । 

रोशनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइको छ । 

घटनापछि फरार भएका हबिबको खोजी भइरहेको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्