०६ असार २०८३, शनिबार

चिठीमार्फत धम्क्याएर रकम मागेको आरोपमा २ जना पक्राउ

भदौ २, २०८१
महोत्तरी
चिठीमार्फत धम्क्याएर रकम मागेको आरोपमा २ जना पक्राउ

महोत्तरीको जलेश्वर नगरपालिका– ५ बस्ने गफुर राइनसँग धम्की दिँदै पैसा मागेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको रामगोपालपुर नगरपालिका– ५ घर भई जलेश्वरमा डेरा गरी बस्ने २४ वर्षीय सुनिलकुमार राउत र १९ वर्षीय करण मण्डल रहेका छन् ।

उनीहरूलाई शनिबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले बताए ।

प्रहरीका अनुसार केही दिनदेखि गफुरलाई दुवै युवकले बाटोमा भेटेर चिठी दिँदै ९२ हजार रुपैयाँ माग गरेका थिए ।

उनीहरूले धम्की दिन थालेपछि गफुरले प्रहरीमा मौखिक उजुरी दिएका थिए ।

सोही जानकारीका आधारमा प्रहरीले शनिबार दुवै युवकलाई जलेश्वर–१ स्थित महादेव मन्दिरको परिसरबाट पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्