काठमाडौँ, १२ कात्तिक - राष्ट्रपति विद्यादेवी भण्डारीले आज राजर्षिजनक विश्वविद्यालय विधेयक, २०७४ प्रमाणीकरण गर्नुभएको छ ।
व्यवस्थापिका–संसद्को बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको उक्त विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता कृष्णमुरारी न्यौपानेले आज जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।