
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिँदैछन् । मंगलबार लुम्बिनी प्रदेशसभाको चौथौं अधिवेशनको २५औं बैठकमा आचार्यले विश्वासको मत लिने कार्यसूची छ ।
आचार्यलाई मत दिन नेकपा एमाले र नेपाली कांग्रेसले ह्वीप जारी गरेका छन् ।
कांग्रेसका २७ र एमालेका २९ गरी ५६ जना सांसदको समर्थनमा गत साउन ७ गते आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
८७ सांसद रहेको लुम्बिनी प्रदेशसभामा आवश्यक बहुमतको लागि ४४ सांसद चाहिन्छ ।