
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अगस्ट २३ मा युक्रेन भ्रमणमा जाने भएका छन् ।
राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीको निमन्त्रणामा मोदी युक्रेन भ्रमणमा जान लागेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
सन् १९९१ मा युक्रेन छुट्टै राष्ट्र बनेपछि भारतीय प्रधानमन्त्रीको यो पहिलो भ्रमण हो । यसअघि सन् १९७९ मा मोरारजी देसाई त्यहाँ गएका थिए ।
युक्रेनअघि मोदी अगस्ट २१ र २२ मा पोल्याण्डमा हुनेछन् । पछिल्लो ४५ वर्षमा भारतीय प्रधानमन्त्रीको पोल्याण्ड भ्रमण यो पहिलो हो ।
मोदीले गत महिना रुसको भ्रमण गरेका थिए । मोदीले जुलाई ८ र ९ मा रुसको भ्रमण गरेका थिए ।