२७ जेठ २०८३, बुधबार

सडकमा स्टन्ट गर्ने दुई स्कुटर फ्लाईओभरबाट फालियो [भिडियो]

भदौ ४, २०८१
काठमाडौं
सडकमा स्टन्ट गर्ने दुई स्कुटर फ्लाईओभरबाट फालियो [भिडियो]

तपाईले प्रायः सवारी साधन चलाउँदा स्टन्ट गर्नेहरू देख्नुभएको होला । कोही सडकमा बाइक हल्लाउँदै, कोही बाइकमा उभिएर वा चक्का माथि उचालेर स्टन्ट गरिरहेको देखिन्छ ।

केही ठूलो आवाजमा मोटरसाइकल चलाइरहेका हुन्छन् । यस्ता स्टन्टले सडकमा हिँड्ने सर्वसाधारणलाई झर्को लागिरहेको हुन्छ ।

तर, भारतको बेंग्लोरमा यस्तै स्टन्टबाट हैरान सर्वसाधारणले उनीहरूका दुइटा स्कुटर फ्लाईओभरबाट फालिदिएका छन् । घटना अगस्ट १५ को हो । 

इन्डिया टुडेको रिपोर्ट अनुसार उनीहरूले फ्लाईओभरमा स्कुटरमा स्टन्ट देखाइरहेका थिए ।

फ्लाईओभरबाट एक-एक गरी दुइटा स्कुटर तल फ्याँकिएको भिडीयोसमेत भाइरल भइरहेको छ ।

बेंग्लोर प्रहरीले स्टन्ट देखाउने ३६ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।

 

salt training

कमेन्ट गर्नुहोस्