२२ जेठ २०८३, शुक्रबार

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

पक्षमा ७०, विपक्षमा ११ मत
भदौ ४, २०८१
बुटवल
लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत पाएका छन् ।

प्रदेशसभाको मंगलबारको बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिएका हुन् । उनले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ७० मत परेको थियो ।

उनलाई नेकपा (एमाले) का २९, नेपाली कांग्रेसका २७, नागरिक उन्मुक्ति पार्टीका ४, जनमत पार्टीका ३, जनता समाजवादी पार्टी (जसपा) २, जनता समाजवादी पार्टी नेपालका १, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ३ र एक जना स्वतन्त्र सांसदले मत दिएका हुन् ।

त्यस्तै, उनको विश्वासको मतको विपक्षमा ११ मत पर्‍यो ।

नेकपा माओवादी केन्द्रका ९, राष्ट्रिय जनमोर्चाका १ र नेकपा एकीकृत समाजवादीका १ सांसदले विपक्षमा मत हालेका हुन् ।

आचार्य एमाले र कांग्रेसको समर्थनमा गत साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

केन्द्रमा नयाँ गठबन्धन बनेपछि नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए ।

८७ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४४ मत आवश्यक पर्छ ।

salt training

कमेन्ट गर्नुहोस्