२० असार २०८३, शनिबार

माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समितिको बैठक आजदेखि

भदौ ५, २०८१
काठमाडौं
माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समितिको बैठक आजदेखि

 प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समितिको बैठक बुधबारदेखि सुरु हुँदैछ । 

 बैठक बुधवार बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको प्रवक्ता एवं बागमती प्रदेशका इन्चार्ज अग्निप्रसाद सापकोटाले जानकारी दिए । 

 बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव, उपमहासचिवहरू र प्रदेशका पदाधिकारीहरू सहभागी हुने बताइएको छ । 

हालै सम्पन्न स्थायी समिति बैठकले केन्द्रीय समितिको पूर्ण बैठकको तयारीको सन्दर्भमा केन्द्रीय सदस्यहरू र प्रदेश पदाधिकारीका बिचमा व्यापक छलफलका लागि परामर्श बैठक बस्ने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार बागमती प्रदेशका केन्द्रीय सदस्यहरूको बैठक बस्न लागेको हो । क्रमशः अन्य प्रदेशमा पनि यस्तो बैठक बस्ने माओवादीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्