नेपाली बजारमा सुनको मूल्यमा फेरि नयाँ कीर्तिमान कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा समेत उकालो लागेको सुन आज नेपालमा प्रतितोला एक लाख ५३ हजार कायम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार प्रतितोला एक लाख ५२ हजार दुई सयमा कारोबार भएको छापावाल सुन आज आठ सयले वृद्धि भई नयाँ रेकर्ड कायम गरेको हो ।
यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला एक हजार आठ सय २० मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार आठ सय ३५ निर्धारण भएको छ ।