०८ साउन २०८३, शुक्रबार

नयाँ आर्थिक वर्षसँगै बढ्यो घरजग्गा कारोबार, ३ अर्ब ८३ करोड राजस्व सङ्कलन

भदौ ५, २०८१
काठमाडौं
नयाँ आर्थिक वर्षसँगै बढ्यो घरजग्गा कारोबार, ३ अर्ब ८३ करोड राजस्व सङ्कलन
फाइल फोटो

चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा घरजग्गा कारोबार करिब ११ प्रतिशतले बढेको छ ।

चालू आर्थिक वर्षको पहिलो महिना साउनमा घरजग्गा कारोबारका कुल ४३ हजार ८३५  लिखित पारित भएका छन् । गत आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना असारमा ३९ हजार २६३ लिखित पारित भएका थिए ।

गत आर्थिक वर्षको तुलनामा घरजग्गा कारोबार १०.४ प्रतिशतले बढेको छ । 

भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार साउन महिनामा घरजग्गा कारोबारबाट सरकारले उठाउने राजस्वमा पनि बढोत्तरी भएको छ ।

साउन महिनामा मात्रै सरकारले कुल ३ अर्ब ८३ करोड ५० लाख ८२ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

गत आर्थिक वर्ष २०८०/८१ को साउन महिनामा २ अर्ब ९१ करोड ४ लाख २७ हजार १९६ रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । जुन गत आर्थिक वर्षको भन्दा करिब २५ प्रतिशतले बढेका छ ।

साउनमा कुल ४ हजार १६२ नामसारी भएका छन् ।

२९ हजार ६५९ रोक्का र २९ हजार ७५ वटा घरजग्गा कारोबार फुकुवा गरिएको छ ।

सबैभन्दा बढी घरजग्गा कारोबार सुनसरीबाटमा भएको छ ।

भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा सुनसरीबाट सबैभन्दा बढी १ हजार ९०४ लिखित पारित भएका छन् ।

त्यस्तै, भूमिसुधार तथा मालपोत कार्यालय राजविराज सप्तरीबाट कुल १ हजार ६०८ लिखित पारित भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्