२९ जेठ २०८३, शुक्रबार
माओवादी बैठक

भारतले प्रधानमन्त्रीभन्दा आरजुलाई महत्त्व दिएपछि एमाले सशंकित देखियो– प्रचण्ड

भदौ ५, २०८१
काठमाडौं
भारतले प्रधानमन्त्रीभन्दा आरजुलाई महत्त्व दिएपछि एमाले सशंकित देखियो– प्रचण्ड
फाइल तस्वीर

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा परराष्ट्र मन्त्री आरजु राणा देउवालाई भारतले बढी महत्त्व दिएको बताएका छन् । 

बुधबारदेखि शुरू भएको बागमती प्रदेशस्तरीय संयोजन समिति बैठकमा प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको तयारी गर्न भनेर परराष्ट्र मन्त्री भारत गए पनि उनैलाई महत्त्व दिएर फरक सन्देश दिन खोजेको आशय व्यक्त गरे ।

‘परराष्ट्रमन्त्रीको भारत भ्रमण प्रधानमन्त्रीको इच्छाअनुसार हो । तर, भारतले परराष्ट्र मन्त्रीलाई नै प्रधानमन्त्रीसरहको महत्त्व दियो भन्ने अध्यक्षको आशय थियो,’ माओवादीका एक केन्द्रीय सदस्यले भने, ‘प्रधानमन्त्रीको भ्रमण सुनिश्चित गर्न जाने परराष्ट्र मन्त्रीले पाएको महत्त्वले एमाले असन्तुष्ट देखिने स्थिति बनेको संकेत अध्यक्षले गर्नुभएको हो ।’

भारतमा आरजुलाई प्रधानमन्त्री नरेन्द्र मोदीले महत्त्वका साथ भेटेका थिए । 

बैठकमा प्रचण्डले पदाधिकारी, स्थायी कमिटीबाट भएको निर्णय र कार्यक्रमबारे बैठकमा ब्रिफिङ गरेका थिए । 

प्रचण्डले ‘सरकारतिर जाँदैनौं । प्रतिपक्षीमा बस्छौं । जनताको मुद्दा र सरकारमा बस्दा गरेका राम्रा काम लिएर जनतामा जानुपर्छ,’ भनेको बैठकमा सहभागी एक नेताले बताए ।  

बुधबार ४१ जना केन्द्रीय सदस्यले अध्यक्षको धारणामामाथि सुझाव दिएका थिए । 

माओवादीले असोजको पहिलो साता बस्ने केन्द्रीय कमिटीको बैठकअघि प्रदेशस्तरीय परामर्श बैठक गरेको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्