०१ असार २०८३, सोमबार

‘फेक अडियो' प्रकरणः आरोपी तिमल्सिना पक्राउ

भदौ ५, २०८१
काठमाडौं
‘फेक अडियो' प्रकरणः आरोपी  तिमल्सिना पक्राउ

सर्वोच्च अदालतका न्यायाधीश, कानून व्यवसायी, सञ्चार उद्यमी र पत्रकार समेतलाई लाञ्छित गरी फेक अडियो बनाएको प्रकरणमा फरार रहेका राजकुमार तिमल्सिनालाई प्रहरीले पक्राउ गरेको छ ।  

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार साँझ पेप्सीकोलाबाट पक्राउ गरेको हो । 

तिमल्सिनाले नै तयार गरेको फेक अडियो ‘स्टिङ अपरेसन’को नाममा 'सीधा कुरा'अनलाइनमार्फत् सार्वजनिक भएको दाबी छ । 

‘डार्क फाइल’ नाम दिएर अडियो सार्वजनिक भएपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले २०८१ असार १३ गते विद्युतीय कारोबार ऐन र अपमानजनक कसुरविरुद्धको अपराध गरेको कसुरमा तिमल्सिनासहित तीन जनालाई प्रतिवादी बनाएर १ लाख रुपैयाँसम्मको जरिवाना, ५ वर्षसम्म कैद वा दुवै सजाय माग दाबी गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको थियो । 

अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईका अनुसार तिमल्सिना अन्य मुद्दामा पनि संलग्न रहेको आशंका छ । उनले भने, ‘तिमल्सिना बैंकिङ कसुरलगायत अन्य मुद्दाका पनि फरार अभियुक्त भन्ने सुनिएको छ, हामी अनुसन्धान गर्दैछौं ।’


 

salt training

कमेन्ट गर्नुहोस्