२१ जेठ २०८३, बिहीबार

फोहर विर्सजनस्थलमा भेटिएको शवको पहिचान खुल्यो

भदौ ५, २०८१
उदयपुर
फोहर विर्सजनस्थलमा भेटिएको शवको पहिचान खुल्यो

उदयपुरको कटारी नगरपालिका–३ राजावासस्थित फोहर विर्सजनस्थल (डम्पिङ साइट) मा आज बिहान फेला परेको बेवारिसे शवको पहिचान खुलेको छ । 

इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक सुभाष राईका अनुसार उक्त शव जिल्लाकै ताप्लि गाउँपालिका–१ का ५० वर्षीय कृष्णबहादुर दमाईको हो ।

दमाईको नाति पर्ने ३४ वर्षीय मिनबहादुर परियारले शवको आज साँझ शवको पहिचान गरेका हुन् । “विगत १५ वर्षदेखि घर छोडेर हिनेका रहेछन् । काठमाडौँ हुँदै कटारी आइपुगेका छन्,” उपरीक्षक राईले भने, “कटारी बजार आसपासमा पुराना खाली बोतल टिपेर हिँड्ने गरेका रहेछन् ।”

बेवारिसे शवलाई प्रहरीले कटारी अस्पतालमा शव परीक्षणका लागि राखेको थियो । कटारी–३ राजावासका स्थानीय देव ढुङ्गेलका अनुसार बिहान फोहर विर्सजनस्थलमा काम गर्ने स्थानीय पुग्दा उनको शव देखेका थिए ।
मदिरा सेवन गरी फोहरसँगै सुतेकै अवस्थामा दमाईको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । शव परीक्षण पश्चात शवलाई परिवारको जिम्मा लागउने तयारी गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्