०६ साउन २०८३, बुधबार

नोएरले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास

भदौ ६, २०८१
काठमाडौं
नोएरले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास

जर्मनीका गोलकिपर मानुएल नोएरले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन् । ३८ वर्षीय नोयरले बुधबार अन्तर्राष्ट्रिय फुटबल करिअरलाई विश्राम दिने निर्णय लिएका हुन् ।

सन् २०१४ मा जर्मनीका लागि विश्वकप उपाधि जितेका नोएरले जर्मनीका लागि १२४ खेल खेलेका छन् । जर्मनीबाट उनको अन्तिम खेल गत महिना भएको युरो २०२४ अन्तर्गत स्पेनसँगको क्वाटरफाइनल खेल थियो । 

३८ वर्षीय बायर्न म्युनिखका गोलकिपर नोएरले सन् २००९ मा जर्मनीका लागि डेब्यु गरेका थिए । 

सन् २०१८ को विश्वकपअघि नोएर जर्मनीका कप्तान बनेका थिए ।

गोलकिपर नोएनले क्लब फुटबललाई भने निरन्तरता दिनेछन् । उनले सन् २०२५ सम्म बायर्नमै बस्ने गरी गत वर्ष नयाँ सम्झौता गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्