०३ असार २०८३, बुधबार

नक्कली फेसबुक आइडी बनाएर महिलासँग अश्लील कार्य

कात्तिक २०, २०७४
नक्कली फेसबुक आइडी बनाएर महिलासँग अश्लील कार्य

काठमाडौं, १३ कार्तिक– नक्कली फेसबुक प्रोफाइल ‘आइडी’ बनाएर महिलासँग अश्लील कार्य गर्न खोज्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

महिलालाई बदनाम गर्ने उद्देश्यले फेसबुकमा मोबाइल नम्बर र फोटो राखी अश्लील कार्यका लागि सम्पर्क गर्नुहोला भनेर स्टाटस राख्ने गरेको आरोपमा युवकलाई पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा मकवानपुर बकैया गाउँपालिका–४ का २७ वर्षीय नविन तिमिल्सिना छन् ।

नक्कली फेसबुक बनाई महिलालाई बदनाम गर्ने उद्देश्यले अश्लील कार्यका लागि सम्पर्क गर्नुहोला भनी मोबाइल नम्बर र फोटो हालेको भनी केही दिनअघि नै उनीविरुद्ध लिखित उजुरी परेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीविरुद्ध सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान थालिसकेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्