
म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको ऐतिहासिक स्थल ढोलथानामा ढुङ्गा चिनेर कलात्मक शैलीमा निर्माण गरिएको प्रवेशद्वार । समुन्द्री सतहदेखि एक हजार आठ सय ८० मिटर उचाइमा रहेको ढोलथानामा रहेको दरबारबाट तत्कालीन पर्वत राज्यका राजाहरूले विक्रम संवत् १६३१ देखि १८४३ सम्मको वर्षायाममा राज्य सञ्चालन गरेको इतिहास छ । तस्वीर : सन्तोष गौतम/रासस