२८ असार २०८३, आइतबार

हिम पहिरोले मुस्ताङको बोक्सीखोला थुनियो, सतर्कता अपनाउन प्रशासनको आग्रह

भदौ ७, २०८१
काठमाडौं
हिम पहिरोले मुस्ताङको बोक्सीखोला थुनियो, सतर्कता अपनाउन प्रशासनको आग्रह

मुस्ताङको थासाङ गाउँपालिकास्थित बोक्सी खोलामा हिमपहिरो गएको छ ।

शुक्रबार दिउँसो हिम गएको हिम पहिरोले बोक्सी खोला थुनिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख भोजराज पाण्डेले लोकान्तरलाई जानकारी दिए ।

उनले भने, ‘​हिउँ पहिरो गएर खोलामा थुप्रिएको छ, २० प्रतिशत पानी मात्रै तल बगेको छ, अरु पहिरोले नै सोसेर राखेको हो जस्तो छ ।’

पाण्डेका अनुसार सतर्कता अपनाउन सूचना जारी गरिरहेको छ ।

मुस्ताङका सीडीओ जनकराज पन्त र डीएसपी पाण्डेसहितको टोली अहिले पहिरो स्थलमा पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्