१० साउन २०८३, आइतबार

भदौरे झरी आजदेखि कम हुने

भदौ ८, २०८१
काठमाडौं
भदौरे झरी आजदेखि कम हुने

केही दिनदेखि लगातार परिरहेको भदौरे झरी आजदेखि कम हुने भएको छ । मंगलबारदेखि परेको झरी आजदेखि भने मत्थर हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल कर्णाली प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षा हल्का वर्षा भैरहेको छ । महाशाखाका अनुसार आज देशभर झरी पर्ने सम्भावना छैन । आज दिउँसो सबै प्रदेशका केही स्थानमा सामान्य वर्षाको सम्भावना छ।  

राति कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्